श्रीमतीको हत्या गरी श्रीमानले पनी गरे आत्महत्या

No ads found for this position
No ads found for this position

विराटनगर । मोरङको रंगेली नगरपालिकामा श्रीमानले श्रीमतीको हत्या गरेका छन्।

रंगेली नगरपालिका–५ बहुवनका अन्दाजी २१ वर्षीय मुकेशकुमार मण्डलले ससुराली घरमै पुगेर पत्नी अम्बिकाकुमारी मण्डलको हत्या गरेका हुन्। घटनापछि उनले आफैले पनि घाँटी रेटेर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

इलाका प्रहरी कार्यालय रंगेलीका डीएसपी लीलाराज लामिछानेका अनुसार मुकेश सोमबार राति रंगेली–५ धनपट्टीस्थित ससुराली घर पुगेका थिए। त्यही क्रममा पति–पत्नीबीच घरेलु विवाद चर्किंदा घटना घटेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ।

विवादका क्रममा मुकेशले कुटपिट गर्दै पत्नी अम्बिकाकुमारीमाथि चक्कु प्रहार गरेको बताइएको छ। चक्कुको गम्भीर प्रहारबाट अम्बिकाकुमारीको घटनास्थलमै मृत्यु भएको डीएसपी लामिछानेले जानकारी दिए। पत्नीको मृत्यु भएपछि मुकेशले पनि सोही चक्कुले आफ्नो घाँटी रेटेर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको उनले बताए।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *