यातायात व्यवसायीहरुको आग्रहः चुनावी घोषणा पत्रमा सार्वजनिक यातायातलाई प्राथमिकता दिइयोस्

No ads found for this position
No ads found for this position

काठमाडौं ।  यातायात व्यवसायीहरुले सार्वजनिक यातायात क्षेत्रलाई प्राथमिकतामा राखेर निर्वाचन घोषणा पत्र सार्वजनिक गर्न सबै राजनीतिक दल र उम्मेदवारहरुलाई आग्रह गरेका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद सिटौलाले सो आग्रह गरेका हुन् । उनले निर्वाचनमा सार्वजनिक यातायातको क्षेत्रको सुधारमा प्राथमिकता दिने राजनीतिक दल र उम्मेदवारहरुलाई निर्वाचनमा सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

महासंघले सार्वजनिक यातायातको सुधार हुने गरी चुनावी घोषणा पत्र ल्याउनका लागि दबाब दिन देशभरका यातायात व्यवसायी र मजदुरहरुलाई पनि अपिल गरेको छ । वरिष्ठ उपाध्यक्ष सिटौलाले यातायात क्षेत्रलाई प्रविधिमैत्री बनाउने कुरामा पनि राजनीतिक पार्टीहरुले जोड नदिए आसन्न निर्वाचनमा उनीहरुलाई हानी हुने चेतावनी समेत दिए ।

महासंघले यातायातका साधनहरुको आयातमा सहजीकरण हुने गरी नीतिगत योजना ल्याउने कुरा पनि निर्वाचन घोषणा पत्रमा प्रतिवद्धता जनाउन पनि राजनीतिक दलहरुको ध्यानाकर्षण गराएका छन ।

 



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *