बालेनको चुनावी प्रचारमा बेहोस भएका पत्रकार सिटौलाको निधन

No ads found for this position
No ads found for this position

काठमाडौं । चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारको क्रममा काठमाडौंको ग्रान्डी अस्पतालमा निधन भएको छ ।

आइतबार मध्यान्ह १२:४५ बजे उनको निधन भएको ग्राण्डी अस्पतालले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ।

‘चिकित्सकीय प्रोटोकलअनुसार, मस्तिष्कको कार्य क्षमता परिक्षण गर्न एप्निय परीक्षण गरियो जुन पोजिटिभ थियो। जसले स्वतः श्रासप्रश्वास नभएको जनाउँछ। र उहाँको १२:४५ बजे निधन भएको जानकारी गराउँछौं,’ विज्ञप्तिमा भनिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा काठमाडौंका पूर्वमेयर बालेन्द्र शाह (बालेन)को चुनावी प्रचारका क्रममा अछाम गएका उनि एक्कासि बेहोस भएपछि उनलाई उपचारकालागि काठमाडौं ल्याइएको थियो ।

नुवाकोट घर भएका ४४ वर्षीय सिटौलाको टाउकोमा गम्भीर चोट लागेको थियो ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *