रेशम चौधरीको रिटमा सुनुवाइ सकियो, आदेश आउँदै

No ads found for this position
No ads found for this position

 

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको उम्मेदवार खारेजी विरुद्धको रिटमा सुनुवाइ सकिएको छ । चौधरीको रिट न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासमा सुनुवाइ सकिएको हो ।

चौधरीले कैलाली क्षेत्र नम्बर १ बाट दिएको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेपछि उनी सर्वोच्च अदालत पुगेका हुन् । टीकापुर हत्याकाण्डका तीन तहको अदालतबाट कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएकाले निर्वाचन आयोगले चौधरीको उम्मेदवार खारेज गरिदिएको थियो ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर १ बाट मनोनयन पत्र दर्ता गरेका उनको उम्मेदवारी निर्वाचन आयोगले बिहीबार खारेज गरेको थियो ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *