राष्ट्रिय सभाका १७ सिटका लागी आज मतदान

No ads found for this position
No ads found for this position

काठमाडाैँ । नेपालको राष्ट्रिय सभाका रिक्त १७ सदस्यका लागि आज सातवटै प्रदेशमा मतदान शुरु भएको छ ।

मधेस प्रदेशमा महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र, जनकपुरधाममा स्थापना गरिएको मतदान केन्द्रमा मतदान भइरहेको हो । मतदान बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ । राष्ट्रिय सभामा मार्च ४, २०२६ देखि रिक्त हुने १८ सिटमध्ये कोशी प्रदेशको एक सिट नेपाली काँग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भइसकेका छन् ।

बाँकी १७ सिटका लागि आज मतदान हुनेछ । मधेस प्रदेशबाट यसपटक चार पद (महिला, दलित, अपाङ्गता÷अल्पसंख्यक र अन्य क्लस्टर) का लागि निर्वाचन हुँदैछ । यहाँ नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवारहरुबीच प्रतिष्पर्धा छ ।

प्रमुख दलहरुबीचको गठबन्धनका कारण काँग्रेस–एमाले नेतृत्वको समीकरणले बहुमत प्राप्त हुने अपेक्षा गरिएको छ । काँग्रेसका उम्मेदवार धर्मेन्द्र पासवान र रञ्जित कर्ण तथा लोसपाबाट उम्मेदवार पार्टी अध्यक्ष महन्थ ठाकुर छन्।

राष्ट्रिय सभाका कुल ५९ सदस्यमध्ये हरेक दुई वर्षमा एक तिहाइ सदस्यको कार्यकाल सकिने व्यवस्था छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *