सरकारले आसन्न निर्वाचनलाई निष्पक्ष ढंगले गराउँछ भन्नेमा आशंका छः डा. वेदुराम भुसाल

No ads found for this position
No ads found for this position

राष्ट्रिय सभामा नेपाली कम्युनिष्ट पार्टीका संसदीय दलका नेता डा. वेदुराम भुसालले वर्तमान सरकारले आसन्न प्रतिनिधिसभाको निर्वाचन धाँधलीरहित ढंगले सम्पन्न गर्नेमा आशंका रहेको बताएका छन् ।

शुक्रवार राष्ट्रिय सभाको १९ औँ अधिवेशनको शुभारम्भमा बोल्दै उनले सो कुरा बताए । त्यसैगरी उनले सो निर्वाचनमा नेपाली जनताले मुलुकको संविधानलाई लयमा फर्काउने राजनीतिक दलहरुलाई चयन गर्नुपर्ने बताए ।

नेता भुसालले संविधान च्यात्छु भन्ने, मुलुकमा ध्वंश मच्चाउने शक्तिहरुलाई निर्वाचनमा पराजय गराउने जिम्मेवारी नेपाली जनताको आएको समेत बताए । उनले राष्ट्रिय सभालाई प्रभावकारी बनाउने विषयमा जोड दिन आवश्यक रहेको बताए ।

नेता भुसालले भने,‘निर्वाचनसँग जोडिएर कुरा गर्दा अब जनताकाले कस्तो प्रतिनिधि चुन्ने ? एउटा गम्भिर प्रश्न जनताको माझमा खडा भएको छ । सबभन्दा पहिलो प्रश्न त यो सरकारले यो निर्वाचनलाई निष्पक्ष, धाँधलीरहित गराउन सक्छ कि सक्दैन ? गम्भिर प्रश्न त्यहाँ छदैछ । सँगसँगै नेपाली जनताले कस्ता प्रतिनिधि छान्ने भन्ने प्रश्न पनि खडा भएको छ । देशलाई संविधानको बाटोमा अघि बढाउनका लागि काम गर्ने प्रतिनिधि छान्ने हो कि यस संविधानलाई च्यातेर फाल्नुपर्छ भन्ने जस्ता मानिसहरुलाई प्रतिनिधि छान्ने हो ? देश निर्माण गर्नुपर्छ भन्ने प्रतिनिधि छान्ने हो कि देशलाई ध्वंस बनाउने, भएका संरचनाहरु ध्वंश गर्नेहरुलाई छान्ने हो ? यो गम्भिर प्रश्न हाम्रा सामू छन । जनताका सामू पनि छन् । यस्तो अवस्थामा हामी यो सभाको बैठक बसिरहेका छौँ ।’

नेता भुसालले मुलुकलाई सही ढंगले अघि बढाउन राजनीतिक दलहरुले मिलेर अघि बढ्नुपर्ने समेत बताए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *