डा.बाबुराम भट्टराईद्वारा उम्मेदवारी फिर्ता

No ads found for this position
No ads found for this position

आसन्न निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक डा.बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता  गरेका छन् ।

फागुन २१ गते हुन लागेको निर्वाचनका लागि डा.भट्टराईले गोरखा–२ बाट उम्मेदवारी दर्ता गराएका थिए ।

यसअघि, निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका भट्टराईलाई अन्तिम समयमा पार्टीले उम्मेदवार बनाएको थियो ।

तर, सो क्षेत्रका अन्य दलका युवा उम्मेदवारहरूले भट्टराईलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेपछि भट्टराईले उम्मेदवारी फिर्ता  गरेका हुन् ।

 



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *