कांग्रेसले माघ १६ गते मधेश सभा गर्ने
No ads found for this position
No ads found for this position
काठमाडाै। नेपाली कांग्रेसले माघ १६ गते मधेस सभा मधेश प्रदेशको राजधानी जनकपुरमा गर्ने तयारी गरेको छ।
कांग्रेस मधेस प्रदेश कार्यसमितिलाई परिचालन गरेर मधेस सभा गर्न लागिएको पार्टीका एक पदाधिकारीले जानकारी दिए।
त्यसका लागि आजको केन्द्रीय समितिमा छलफल भई निर्णय हुनेछ। कांग्रेसले चुनावकेन्द्रित सभाहरू गर्ने तयारी गरेको छ।
सभापति गगन थापासहित नेताहरू माघ ११ गते मधेस जानेछन्। १२ गते उनीहरू सर्लाही पुग्नेछन्। सभापति थापा सर्लाही ४ मा उम्मेदवार छन्।
प्रतिक्रिया



