सुनको मुल्यमा नँया रेकर्ड, प्रतितोला ३ लाख नाध्यो

No ads found for this position
No ads found for this position

काठमाडाै‌ । नेपाली बजारमा सुनको मुल्य प्रतितोला ३ लाख नाधेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले जारी गरेको नँया मुल्य अनुसार आज सुन प्रतितोला ३ लाख १ हजार ४ सय रुपैयाँमा कारोबार हुने भएको हो । यो अहिलेसम्मकै कीर्तिमानी मुल्य हो ।

यसअघि हिजो सुन प्रतितोला २ लाख ९२ हजार २ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्यले पनि नयाँ रेकर्ड कायम गरेको छ । पहिले पल्ट चाँदीको मुल्य नेपाली बजारमा ६ हजार माथि पुगेको छ ।

आज चाँदी ६ हजार १ सय ९० रुपैयाँमा कारोवार भइरहेको महासंघले जनाएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *