चुनाव प्रचारका लागि बालेन इलाममा, भोलि ताप्लेजुङ जाने
No ads found for this position
No ads found for this position
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता बालेन शाह चुनावी प्रचारका लागि इलाम पुगेका छन् । आज बिहानै झापाबाट इलाम पुगेका उनले इलाममा घरदैलो कार्यक्रम मार्फत कार्यकर्ता र समर्थकसँग भेटघाट गरेका छन् ।
रास्वपाबाट इलाम १ मा विमल गदाल र २ मा गोकुलबहादुर राई चुनावी मैदानमा छन्। उनीहरूसँग भेटेर त्यहाँको अवस्थाबारे जानकारी लिए।
बालेनले जनताको समस्या बुझेर समस्यालाई समाधान गर्नतिर केन्द्रित हुन सुझाए। उनी बिहानैदेखि इलाममा घरदैलोमा व्यस्त छन्। इलाममा चुनावी अभियान सकेर बालेन ताप्लेजुङ जाने कार्यतालिका छ।
बालेन झापा ५ मा एमाले अध्यक्ष केपी ओलीसँग चुनावी प्रतिस्पर्धामा छन्।
प्रतिक्रिया



