उम्मेदवारी दर्ताका लागि ओली झापा जाँदै

No ads found for this position
No ads found for this position

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा प्रस्थान गरेका छन्। उनि उम्मेदवारी दर्ताका लागि उनी झापा जान लागेका हुन्।

ओलीले झापाको सबै निर्वाचन क्षेत्रको तयारीबारे जानकारी लिने कार्यक्रम रहेको छ । झापा ५ बाट उम्मेद्वारी मनोनयन गर्न उनि आज झापा जान लागेका हुन् ।

झापा क्षेत्र ५ बाट उम्मेद्वारी दर्ताका लागि सोमबार जहाजबाट उनि भद्रपुर अवतरण गर्ने कार्यक्रम रहेको छ । उनको भद्रपुरमै क्षेत्र नं १ का नेता कार्यकर्तासँग अध्यक्ष ओलीले केहीबेर क्षेत्रको पछिल्लो अवस्थाबारेमा जानकारी लिनेछन् । यसैगरी क्षेत्र नं. ३ को बारेमा पनि उनले भद्रपुरमै जानकारी लिने कार्यक्रम रहेको छ।

क्षेत्र नं २ का बारेमा अध्यक्ष ओलीले विर्तामोडमा जानकारी लिने कार्यक्रम छ । क्षेत्र नं ४ को निर्वाचन तयारीका सन्दर्भमा सुरुङ्गामा जानकारी लिनेछन् । आफ्नो निर्वाचन क्षेत्र दमक ५ का नेता कार्यकर्तासँग दमकमै भेटघाट गर्ने कार्यक्रम रहेको छ। अ

झापा–५ को चुनावी प्रतिस्पर्धा रोचक बन्ने देखिएको छ। झापा–५ मा काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन शाह उम्मेदवार बन्दैछन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेर वरिष्ठ नेता पनि चयन भएका छन्।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *