निर्वाचन आयोगले गगनलाई दियो कांग्रेसको आधिकारिक सभापतिको मान्यता

No ads found for this position
No ads found for this position

काठमाडौं । निर्वाचन आयोगले गगनकुमार थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापतिको मान्यता दिएको छ।

राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण अद्यावधिक गर्दै आयोगले थापा पक्षलाई आधिकारिक मान्यता दिने निर्णय गरेको हो।

पुस २७ देखि ३० सम्म काठमाडौंमा सम्पन्न विशेष महाधिवेशनले गगन थापालाई सभापति निर्वाचित गरेको थियो। सोही निर्णयअनुसार विवरण अद्यावधिक गर्न सभापति थापासहितका पदाधिकारीहरूले बिहीबार निर्वाचन आयोगमा निवेदन दिएका थिए।

यसैबीच, पूर्णबहादुर खड्का पक्षका नेताहरूले शुक्रबार बिहान आयोगमा निवेदन दिँदै आफूहरू आधिकारिक भएको दाबी गरेका थिए। दुवै पक्षको दाबीपछि आयोगले नवनिर्वाचित पदाधिकारीहरूलाई बोलाएर छलफल गरेको थियो।

कांग्रेसका दुवै पक्षको दाबीको अध्ययनपछि आयोगले गगन थापा पक्षलाई आधिकारिक नेपाली कांग्रेसको मान्यता दिएको हो। आयोगबाट मान्यता पाएसँगै अब कांग्रेसको चुनाव चिह्न ‘रुख’ र चारतारे झण्डा पनि गगन पक्षकै हुने भएको छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *