भरतपुर महानगरपालिकाद्वारा निर्माण व्यवसायी सहदेव खड्का सम्मानित

No ads found for this position
No ads found for this position

भरतपुर । सगुन कन्स्ट्रक्सनका सञ्चालक तथा निर्माण व्यवसायी सहदेव खड्का सम्मानित भएका छन् ।

भरतपुर महानगरपालिकाको प्रशासनिक भवन समयमा नै सम्पन्न गरेका खड्कालाई आज भवन उद्घाटन समारोहमा पूर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” ले खड्कालाई सम्मान गरेका हुन् ।

सगुन कन्स्ट्रक्सनले चितवनमा भरतपुर महानगरपालिकाको प्रशासकीय भवन, नारायणगढ–गोन्द्राङ ६ लेन सडक, दिव्य नगर खानेपानी, शारदा नगर खानेपानी, भरतपुरको रिङ्गरोडको केही खण्ड, नारायणी तटबन्धको केही खण्ड, भरतपुर सिटी हल, भन्डारा खानेपानी जस्ता योजनाको ठेक्का सम्झौता गरेको छ ।

यी मध्ये कतिपय काम सम्पन्न भई सकेका छन् भने केहीमा काम भइरहेको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *