निर्वाचन आयोगले विधि र पद्धतिअनुसार कांग्रेसको आधिकारिकता निर्णय गर्छः रामप्रसाद भण्डारी

No ads found for this position
No ads found for this position

काठमाडौं । निर्वाचन आयोगका प्रमुख कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले नेपाली कांग्रेसको आधिकारिता आयोगले विधि र परम्पराअनुसार निर्धारण गर्ने बताएका छन् ।

निर्वाचन आयोगमा आफ्नो आधिकारिकता दाबीका लागि पुगेका कांग्रेसका नेताहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन्। उनले राजनीतिक दलसम्बन्धी विषयमा आयोगको आफ्नो परम्परा, विधि, संविधान, ऐन, र कानुन रहेकाले सोहीअनुसार निर्णय हुने बताए । निर्वाचन आयोग विधि र पद्धति भन्दा बाहिर नजाने उनले बताए ।

उनले भने, ‘निर्वाचन आयोगको आफ्नो परम्परा छ । विधि, परम्परा छ । संविधान, ऐन, कानुन छ । यसको परिधिभित्र रहेर निर्वाचन आयोगले निर्णय गर्ने हो । निर्वाचन आयोगले विधि र पद्धतिअनुसार निर्णय गर्नेछ । हाम्रो संस्थागत परम्परा पनि छ ।’

उनले निर्वाचन आयोगले निर्वाचन सम्पन्न गर्ने प्रयोजनका निम्ति आवश्यक कार्यक्रम सकेर निर्वाचन सम्पन्न गराउने बताए । नेपाली कांग्रेसमा गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन गरेर केन्द्रीय कार्य समिति चयन गरेसँगै कांग्रेस विभाजित छ । दुवै पक्षले आधिकारिकता दाबी गरिरहेका छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *