देउवा र प्रचण्डलाई आयोग जाँचबुझले पठायो प्रश्नपत्र

No ads found for this position
No ads found for this position

काठमाडौं । भदौ २३ र २४ गतेका आन्दोलनको घटनाको जाँचबुझका लागि आयोगले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रश्नपत्र पठाएको छ।

आयोगका अनुसार दुबै नेतालाई उक्त घटनासँग सम्बन्धित प्रश्नहरू सोधिएको छ। भदौ २४ गते देशभर भएको प्रदर्शनमा विभिन्न भौतिक सम्पत्तिमाथि आगजनी र तोडफोड भएको थियो।

भीड अनियन्त्रित भएपछि देउवा आफ्नो बूढानिलकण्ठस्थित निवासमा सुरक्षित थिए, तर प्रदर्शनकारीले प्रहरी सुरक्षा छिचोल्दै उनको घरमा प्रवेश गरेका थिए। सो क्रममा देउवा र उनकी पत्नी आरजु राणामाथि समेत कुटपिट भएको थियो। पछि नेपाली सेनाले दुवै जनाको उद्धार गरेको थियो।

त्यसैगरी प्रचण्ड सिंहदरबारभित्र उपस्थित थिए र उनीमाथि पनि आक्रमण भयो। उनका घरमा पनि आगजनी र तोडफोड भएको आयोगले जनाएको छ। आयोगले अब तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको बयान लिने तयारी पनि गरिरहेको छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *