सुनसरीमा गोली चल्यो, एकको मृत्यु

No ads found for this position
No ads found for this position

सुनसरी । अपरिचित व्यक्तिले चलाएको गोली सुनसरीमा एक जनाको मृत्यु भएको छ।

बुधबार मध्यरातमा अपरिचित व्यक्तिले चलाएको गोली लागेर कोशी गाउँपालिका–१ का ४५ वर्षीय विजय साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

उनको सुनसरी सशस्त्र प्रहरी बेस क्याम्प बीओपी लौकही नजिकै गोली लागेर मृत्यु भएको हो। प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ।

स्थानीयले भने सशस्त्र प्रहरीले गोली चलाएको दाबी गरेका छन्। तस्करसँग विवाद हुँदा सशस्त्रले गोली चलाएको भन्दै सामाजिक सञ्जालमा स्थानीयले लेखेका छन्।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *