बयानका लागि आयोग पुगे पूर्वगृहमन्त्री लेखक
काठमाडौं । भदौ २३ गते १९ जना युवाको गोली हानी हत्या गरिएको विषयमा बयानका लागि पूर्व गृहमन्त्री रमेश लेखक आयोगमा पुगेका छन्।
सोमबार दिउँसो उनी जनेजी आन्दोलनको विषयमा छानबिन गर्न बनेको आयोगसमक्ष बयानका लागि पुगेका हुन्। उनी तत्कालीन समयमा गृहमन्त्री थिए।
जेनजी आन्दोलनका क्रममा भदौ २३ गते काठमाडौंलगायत देशका विभिन्न शहरहरूमा सार्वजनिक तथा नीति सम्पत्तिमाथि तोडफोड र आगजनी भएपछि सोही दिन लेखकले राजीनामा दिएका थिए।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वमा गठित अन्तरिम सरकारले गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा घटेका घटना छानबिन गर्न जाँचबुझ आयोग गठन गरेको छ।
आयोगले घटनाको समयमा प्रशासनिक र सुरक्षा निकायको नेतृत्वमा रहेका अधिकारीहरूको बयान लिइसकेको छ। आज लेखको बयान लिएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको बयान लिने आयोगको तयारी छ।


