युवाहरूलाई स्वदेशमै राख्न घर र गाडी किन्न सरकारले ऋण दिनुपर्छ: कुलमान घिसिङ
काठमाडौं । अन्तरिम सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सानो घर, एउटा सवारीसाधन र शिक्षा, स्वास्थ्यको सहज पहुँच नै यो दिनसके युवाहरुलाई स्वदेशमै राख्न सकिने बताइएका छन् ।
राष्ट्रिय घर निर्माण महोत्सवको उद्घाटन गर्दै उनले सरकारले न्युनतम महत्वमा एउटा सानो घर, एउटा सवारीसाधन र शिक्षा, स्वास्थ्यको सहज पहुँच पुर्याउनुपर्ने बताए । उनले त्यसका लागि केही ऋण दिने व्यवस्था सरकारले गर्न जरुरी रहेको बताए।
उनले नेपालमा बस्नु भन्ने तर बस्नसक्ने वातावरण बनाउन नसक्ने कुराले युवाहरु स्वदेशमा रहन नसक्ने उल्लेख गरे। यो नै नेपालको शुरुवाती इकोनोमी ट्रान्सफर्मेसनको प्रस्थानबिन्दु बन्नुपर्ने उनको भनाइ छ । आगामी सरकारले यसबारेमा काम गर्नुपर्ने बताए ।
उनले भने, ‘सरकारले आगामी दिनमा युवाहरुको सपना भनेको नेपालमा रहनको लागि एउटा घर हुनुपर्छ । एउटा साधारण भेइकल हुनुपर्छ । शिक्षा, स्वास्थ्य सहज रुपमा पाउने वातावरण हुनुपर्छ । र मात्रै युवाहरु नेपालमै बस्नेछन् । त्यो अहिलेको शुरुवाती नेपालको इकोनोमी ट्रान्सफर्मेसनको प्रस्थानबिन्दु हुनेछ । त्यसतर्फ आगामी सरकारले काम गर्नुपर्नेछ ।’
मन्त्री घिसिङले छोटो समयको अहिलेको सरकार भएकाले धेरै आशा गर्न नहुने बताए । नेपालको द्रुततर विकासको लागि अहिलेको ऐन, कानूनका समस्या र प्रक्रियागत झन्झटलाई हटाउनुपर्ने बताए। निर्माण व्यवसायको क्षमता वृद्धि नभएसम्म देशको द्रुततर विकास हुन नसक्ने बताए ।


