पाइलट केसी बने उज्यालो पार्टीका कपिलवस्तु संयोजक

No ads found for this position
No ads found for this position

कपिलवस्तु । उज्यालो नेपाल पार्टीको कपिलवस्तु जिल्ला भेलाले पाइलट जोन केसीको नेतृत्वमा जिल्ला समिति चयन गरेको छ । ११ सदस्यीय जिल्ला समितिमा केसीसहित, विनोद कुँवर, सङ्गीता बस्नेत, विन्दु भुसाल, जहिर खान, दिलशाद अली, अकमल खान, सरफराज खान, शर्मिला रावल, ईन्दु पाण्डे र थमन राना आबद्ध छन् ।

जिल्ला संयोजक चयन भएका केसीले पार्टी सङ्गठनको काम तीव्र रूपमा अघि बढाउने बताए । उनले समितिलाई थप समावेशी बनाएर विस्तार गरिने जानकारी दिए । केसी आफैँ जेनजी उमेर समूहका हुन् । पेसाले पाइलट उनी योग्य युवाहरूले नेतृत्वमा अग्रसर हुनुपर्ने र जेनजी आन्दोलनको भावनालाई सम्बोधन हुनेगरी सबै उमेर समूहलाई समेटेर अघि बढ्नुपर्ने बताउँछन् ।

कार्यक्रममा केन्द्रीय सदस्य सञ्जीव वल्लभ भट्टराईले नवगठित जिल्ला समितिलाई शुभकामनासहित जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवारी, संगठन विस्तार र चुनाव प्रचारप्रसारको तयारीमा लाग्न निर्देशन दिए ।

 



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *