बालेनलाई लक्षित गर्दै ओलीले भने- ‘चर्चित भनिएकाहरू नसामा लट्ठिएका छन्’

No ads found for this position
No ads found for this position

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहलाई लक्षित गर्दै देशमा चर्चित भनिएका मान्छेहरू नसामा लट्ठिएको अवस्थामा भेटिने गरेको टिप्पणी गरेका छन् ।

पार्टीको ११ औँ महाधिवेशनका स्वयंसेवकहरूलाई धन्यावाद ज्ञापन गर्न बिहीबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले जसलाई बेस्सरी चर्चामा ल्याउन खोजिएको छ त्यस्ता मान्छेहरू समेत नसामा भेटिने गरेको बताए ।

उनले युवाहरुले ठिक ढंगले कुरा नबुझ्नु, ठिक आचरण गर्न नसक्नु र ठिक ढंगले आफूलाई प्रस्तुत गर्न नसक्नु मुलुककै लागि समस्याको विषय भएको बताए । उनले एमालेमा आबद्ध युवाहरू यस्तो दुर्व्यसनीमा नरहेको जिकिर गरे ।

उनले पार्टीको ११ औँ महाधिवेशनमा स्वयंसेवकको कार्यमा खटिएका युवाहरूको कार्यसम्पादनको प्रशंसा गर्दै धन्यावाद दिए ।

उनले भने, ‘देशका चर्चित भनिएका मान्छेहरू नसामा झुम्मिन्छन् । जसलाई बेस्सरी चर्चामा ल्याउन खोजिएको छ त्यस्ता मान्छे पनि नशामा भेटिन्छन् । तर हाम्रा युवाहरूमा त्यस्तो कुनै दुर्व्यसनी देखिएन । मेरो इख मानेर दुर्व्यसनीमा भएकाहरूले छोड्नुभयो भने म धेरै खुसी हुन्छु । यदि कसैले भोलेन्टियरको नियम पालना गरेको छैन भने त्यस्तो अवस्थामा कारबाही हुन्छ भनेका थियौँ । कोही नियमबाहिर गएको भए कारबाही भएको होला  । तर कोही पनि बाहिर गएको छैन । कसैका लागि भोट समेत मागेको छैन ।’

उनले मुलुकको स्वाधीनताको रक्षाका लागि एकताबद्ध भएर अगाडि बढ्न पार्टी कार्यकर्ताहरूलाई आग्रह गरे ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *