माओवादीलाई अन्तरिम सरकारको नेतृत्व गर्न दिनुस्, राज्यलाई निकास दिन्छौं: विप्लव

No ads found for this position
No ads found for this position

काठमाडौं । नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले १३ सूत्रीय मागहरुबारे १० दिनभित्र छलफल नभए परिवर्तनकारी आन्दोलन गर्ने चेतावनी दिएका छन्।

बिहीबारबाट शुरु भएको केन्द्री समितिको बैठकलाई सम्बोधन गर्दै उनले देशलाई अग्रगामी निकासतिर लैजान जरुरी रहेको र त्यसका लागि सर्वपक्षीय सरकार जरुरी रहेको बताए ।

उनले समाजवादी संघीयता आजको नेपालको ढाँचा हुनुपर्ने उल्लेख गरे । अग्राधिकार सहितको संघीय संरचना बन्नुपर्ने, नेपालका सबै राज्यका अंगमा सबै जनताले अपनत्व ठान्ने गरी पुनःसंरचना हुनुपर्ने उनको माग छ ।

महासचिव चन्दले अन्तरिम कालको नेतृत्व नेकपा (माओवादी) लाई दिए आन्दोलनकारी, जनता सबैलाई चित्त बुझ्दोगरी राज्यलाई निकास दिनेगरी पहल गर्ने बताए ।

राजनीतिक शक्तिहरुको सहमतिबाट उपयुक्त निकास निकाल्न जरुरी रहेको उनको भनाइ छ । अहिलेसम्म अपूर्ण रहेका कानूनी, राजनीतिक, प्रशासनिक सबै क्षेत्रका समस्यालाई सम्बोधन गरेर देशलाई निर्वाचनतिर लैजानुपर्ने उनको भनाइ छ ।

महासचिव चन्दले भने, ‘राजनीतिक शक्तिहरुको सहमतिबाट उपयुक्त निकास निकाल्नुपर्छ । अहिलेसम्म अपूर्ण रहेका कानूनी, राजनीतिक, प्रशासनिक सबै क्षेत्रका समस्यालाई सम्बोधन गरेर देशलाई चुनावतिर लैजानुपर्छ । राष्ट्रपतिलाई १३ सूत्रीय माग प्रश्तुत गरेका छौँ । हामी प्रधानमन्त्रीज्युलाई पनि भेटेर मागपत्र प्रश्तुत गर्दछौँ । १० दिनसम्म पनि मागपत्रमा छलफल चलाइएन र सुनिएन भने नेपाली जनताको साथबाट जेनजीसहित नेपालका अग्रगामी राजनीतिक शक्तिहरुसहितको सहभागितामा र सहयोगमा एउटा परिवर्तनकारी, उत्तम निकासको लागि आन्दोलनमा जानेछौँ ।’

महासचिव चन्दले मंगलबार शीतल निवास पुगेर राष्ट्रपति पौडेललाई यो सरकार भङ्ग गरी सर्वपक्षीय सरकार गठन गर्न माग गर्दै १३ बुँदे ज्ञापनपत्र बुझाएका थिए ।

यो पनि पढ्नुस्- सर्वपक्षीय सरकार गठनको माग गर्दै विप्लवले राष्ट्रपतिलाई पेश गरे १३ बुँदे माग

 



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *