रवि लामिछानेलाई २ करोड ६८ लाख धरौटीमा रिहाइ गर्न आदेश
No ads found for this position
No ads found for this position
भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई धरौटीमा रिहाइ गर्न आदेश भएको छ। उच्च अदालत बुटवलले लामिछानेलाई रिहा गर्न आदेश दिएको हो ।
सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई २ करोड ६८ लाख रुपैयाँ जमानतवापत राख्न र त्यो राखेमा थुनामुक्त गर्न आदेश दिएको हो ।
रविलाई धरौटीमा रिहा गर्न आदेश भए पनि छबिलाल बन्जाडेको हकमा भने अदालतले रिहाइको आदेश दिएन।
प्रतिक्रिया


