एमालेको चुनावी परिणाम: ओलीको प्रभूत्व कायमै, यस्तो बन्यो नयाँ पदाधिकारी टिम

१९ सदस्यीय पदाधिकारीमा १७ जना ओली र २ जना पोखरेल पक्षका विजयी

No ads found for this position
No ads found for this position

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अध्यक्ष केपी ओलील प्रतिस्पर्धी ईश्वर पोखरेललाई हराउँदै विजयी भएका छन् ।

ओलीले १६६३ भोट ल्याए भने पोखरेल ५६४ मा रोकिए । महासचिवमा कडा प्रतिस्पर्धा भए पनि संस्थापन पक्षका शंकर पोखरेलले दुई सयभन्दा बढी मतले विजयी भएका छन् ।

संस्थापन इतर वा ईश्वर पोखरेलको प्यानलबाट उपाध्यक्षमा गोकर्ण बिष्ट र उपमहासचिवमा योगेश भट्टराईले जितेका छन् । १९ सदस्यिय पदाधिकारीमा १७ जना संस्थापन पक्षका छन् ।

यस्तो बन्यो पदाधिकारी टिम

अध्यक्ष : केपी शर्मा ओली

उपाध्यक्ष : पृथ्वी सुब्बा गुरुङ, बिष्णु पौडेल, रामबहादुर थापा बादल, गोकर्ण विष्ट, रघुजी पन्त

महासचिव : शंकर पोखरेल

उपमहासचिव

लेखराज भट्ट
रघुवीर महासेठ
योगेश भट्टराई

सचिव

महेश बस्नेत
पद्माकुमारी अर्याल
छविलाल विश्वकर्मा
शेरधन राई
हिक्मत कुमार कार्की
खगराज अधिकारी
यामलाल कँडेल
राजन भट्टराई
भानुभक्त ढकाल



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *