एमालेको ११ औं महाधिवेशन: मतदान जारी
No ads found for this position
No ads found for this position
काठमाडौं । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व छनोटका लागि काठमाडौंको भृकुटीमण्डपमा मतदान भइरहेको छ । मतदान विद्युतीय भोटिङ मेसिनमा भइरहेको हो ।
एमालेको १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटीका लागि ६४२ उम्मेदवार प्रतिस्पर्धामा छन् भने २२६३ प्रतिनिधि रहेका छन् ।

पार्टीको अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा भइरहेको छ। महासचिवमा शंकर पोखरेल र सुरेन्द्र पाण्डेबीच प्रतिष्पर्धा छ। एमालेको ११ औं महाधिवेशनमा १२ जना निर्विरोध निर्वाचित भएका छ्न्।
नयाँ नेतृत्व छनोटका लागि मतदान जारी रहँदा उम्मेदवारका समर्थकहरुले प्रचारप्रसार गरिरहेका छन् ।
प्रतिक्रिया


