भृकुटीमण्डपमा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन जारी

No ads found for this position
No ads found for this position

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा बन्दसत्र जारी रहेको छ ।

शनिवार भक्तपुरको सल्लाघारीमा भव्य उद्घाटन भएको महाधिवेशनको मुख्य कार्यसत्र आईतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन भइरहेको हो ।

महाधिवेशनमा देशभरबाट निर्वाचित र मनोनित गरी कुल २ हजार २ सय ६२ जना प्रतिनिधि सहभागी छन् । बन्दसत्रमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रश्तुत गरेका छन् भने महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन पेश गरेका छन्।

नेतृत्व चयन मुख्य आकर्षण रहेको यो महाधिवेशनमा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

मतदान विद्युतीय मेसिनबाट हुने र मंगलबार मतदान हुने तालिका छ । भृकुटीमण्डप परिसरमा बिहानैदेखि प्रतिनिधिहरूको चहलपहल बढेको छ ।

सुरक्षा व्यवस्था मजबुत पारिएको छ भने स्वयंसेवकहरू सक्रिय छन् । महाधिवेशनले पार्टीको भावी रणनीति, संगठन सुदृढीकरण र नेतृत्व चयनलाई मुख्य एजेण्डा बनाएको छ ।

यो महाधिवेशन जेनजी आन्दोलनपछि विकसित नयाँ राजनीतिक परिस्थितिमा आयोजना भएको हो । पार्टीले यसलाई निर्णायक राष्ट्रिय शक्ति निर्माणको संकल्पका रूपमा लिएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *