ओलीको महिलाप्रति हेर्ने दृष्टिकोण नै खराब छ: अष्टलक्ष्मी शाक्य

No ads found for this position
No ads found for this position

काठमाडौं । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टी अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीप्रति अपमानजनक शब्द प्रयोग गर्दै समग्र महिलाकै अपमान गरेको आरोप लगाएकी छिन् ।

उनले एमालेको ११ औं महाधिवेशनमा अध्यक्षको प्रत्याशी रहेका ईश्वर पोखरेल समूहले मंगलबार काठमाडौंमा गरेको कार्यक्रमलाई सम्बोधन यस्तो आरोप लगाएकी हुन् ।

शाक्यले ओलीलाई प्रश्न गरिन- ‘एउटा पूर्व राष्ट्रपतिलाई धामी, झाँक्री भनेको के हो ? पूर्व राष्ट्रपतिलाई यो शब्दले अपमान गर्न पाइन्छ ? सामान्य मान्छेलाई त यस्तो शब्द प्रयोग गर्न पाइँदैन।’

उनले यो समग्र महिलाकै अपमान भएको बताइन् । अव एमालेमा महिलालाई अपमान गर्ने नेतृत्व आवश्यक नभएको उनले बताइन् ।

ओलीले केही समयअघि एक मिडियासँगमा भण्डारीप्रति लक्षित गर्दै ‘धामीले जस्तो ढ्याङ ढ्याङ’ पार्दै अध्यक्ष छोड भन्दै आउने भनेर प्रश्न गरेका थिए ।

शाक्यले नेतृत्वमा रहने मान्छेले यस्तो अभिव्यक्ति दिन नसुहाउने भए पनि ओलीले यस्ता अभिव्यक्ति दिएर महिलाप्रतिको हेर्ने दृष्टिकोण नै खराब भएको आरोप लगाइन् । उनले महिला प्रति हेर्ने ओलीको सोचै ठिक नभएकाले महिलाप्रति अपमान गर्ने गरेको बताइन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *