यी हुन् मन्त्रिपरिषद् बैठकका १८ निर्णय (सूचीसहित)
काठमाडौं । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । मंगलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन मार्फत मन्त्रिपरिषद् बैठकका १८ निर्णय सार्वजनिक गरेका हुन् ।
सरकारले यातायात क्षेत्रबारे सर्वोच्च अदालतका आदेशहरू कार्यान्वयन गर्न दिपक सुवेदीको नेतृत्वमा शरद अधिकारी र योगेन्द्रनाथ कर्माचार्य सदस्य रहेको जाँचबुझ आयोग गठन गरिएको छ ।
यस्तै अख्तियारका प्रवक्तासमेत रहेका सहसचिव राजेन्द्रकुमार पौडेललाई बढुवा गरी कोशी प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरिएको छ ।
सरकारले स्वर्गीय पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ । गत चैत १५ गते तीनकुने घटनामा समाचार सङ्कलनका क्रममा ज्यान गुमाएका रजकलाई सरकारले सहिद घोषणा गर्ने निर्णय गरेको हो ।
थप निर्णयहरु-



