सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले सुशासन कमजोर भए भ्रष्टाचार मौलाउने बताएका छन् ।
सोमबार १७ औं राष्ट्रिय मानव अधिकार महाभेला, २०८२ एवं ७७ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसलाई सम्बोधन गर्दै उनले भ्रष्टाचार हटाउनका लागि अभियान चाल्नुपर्ने आवश्यकता रहेको बताए ।
उनले भने, ‘जेनजी मुभमेण्टको कुराहरु पनि छ । जेनजी मुभमेण्टले एउटा नयाँ आयाम थपेको छ । एउटा शिक्षा यहाँबाट लिनुपर्छ । सुशासन कायम गर्नुपर्छ । भ्रष्टाचार निर्मूल गर्नुपर्छ । भ्रष्टाचार हटाउन र कम गर्नको लागि अभियान चाल्नुपर्छ । सुशासन कायम गर्नुपर्छ । सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछ । भ्रष्टाचार मौलाए बेथिति हुन्छ । बेथिति भए मानव अधिकार ओझेलमा पर्दछ । सुशासन कायम गर्न सक्नुपर्छ ।’
अध्यक्ष मगरले संविधानबाट छुवाछुत मुक्त भइसके पनि समुदाय र व्यवहारमा अझै हुन नसकेको बताए ।


