मधेशमा मन्त्रिपरिषद् विस्तार : ३ मन्त्रीले लिए शपथ

No ads found for this position
No ads found for this position

जनकपुरधाम । मधेशका मुख्यमन्त्री कृष्णा प्रसाद यादवले मन्त्रिपरिषद् विस्तार गर्दै नवनियुक्त ३ जना मन्त्रीको शपथ गराएका छन् । जसमा जनमत पार्टी संसदीय दलका नेता महेश प्रसाद यादवलाई अर्थ मन्त्रीको जिम्मेवारी दिइएको छ ।

यसैगरी नेपाली कांग्रेसका जंगीलाल राय यादव र नेकपा एकीकृत समाजवादीका कनिष पटेललाई विना विभागीय मन्त्रीको शपथ ग्रहण गराएका हुन् । संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्रीहरूको जिम्मेवारी बाँडफाँड गरिएको छ ।

थप मन्त्रालयहरूमा सहमति जुट्न नसकेको कारण तत्कालका ३ मन्त्रीको शपथ गराएका हुन्।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *