कमरेडहरूले उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन: बादल

No ads found for this position
No ads found for this position

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा (बादलले)ले केपी शर्मा ओलीलाई पार्टी अध्यक्षमा निरन्तरता दिनुपर्ने बताएका छन्।

शुक्रबार प्रेस चौतारी नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले पार्टीले ओलीलाई नै निरन्तरता दिने निष्कर्षमा पुगेको बताए ।

बादलले भने,‘उहाँका योगदान, उहाँले लिएका नीतिहरु, अवलम्वन गर्नु भएको विचारहरु र उहाँले प्राप्त गर्नुभएको उपलब्धिहरुलाई हेर्दा अहिले पनि उहाँको आवश्यकता देशलाई छ र पार्टीलाई । अझ अहिलेको विशिष्ट स्थितिमा ठोस स्थितिमा लोकतन्त्रको स्थापनाको निम्ति उहाँको झन बढी आवश्यकता छ । देशको राष्ट्रिय स्वाधिनताको रक्षाको निम्ति झन उहाँको बढी आवश्यकता छ । त्यो हिसावकितावले वर्तमान नेतृत्वलाई नै निरन्तरता दिनुपर्छ भन्ने निष्कर्षमा केन्द्रीय समिति पुगेको हो ।’

बादलले नेतृत्वको सवालमा विधान महाधिवेशनमा र केन्द्रीय समिति बैठकमा पनि छलफल भएर ओलीकै आवश्यकता भएको बताए । ओलीकै नेतृत्वमा मात्रै नेकपा एमाले अघि बढ्न सक्ने उनले बताए ।

बादलले भने,‘पार्टीलाई सुदृढ गर्ने र यो प्रतिक्रान्तिलाई परास्त गर्नको निम्ति वर्तमान अध्यक्षको निरन्तरता आवश्यक छ । त्यो हिसावकितावबाट यो कोणबाट अहिले जो नेतृत्व छ नेकपा एमालेको अध्यक्षलगायतको । अहिजेको ठोस परिस्थितिमा यो नेतृत्वलाई निरन्तरता दिनुपर्छ मा । त्यसकारण पार्टीलाई एकतावद्ध गर्नको निम्ति पनि अहिलेको नेतृत्वलाई निरन्तरता दिनुपर्छ । यो महाधिवेशनको बारेमा पार्टी केन्द्रीय समितिको पनि यही निष्कर्ष हो ।’

हुनत अहिले विभिन्न कमरेडहरुले सार्वजनिक रुपमा विभिन्न उम्मेदवारीहरु घोषणा गरिरहनुभएको छ । बादलले भने,‘केन्द्री समितिको निर्णयको कोणबाट हेर्दा यो ढंगमा जानु एमाले नेताहरुका लागि उपयुक्त होइन । यसले पार्टीलाई एकतावद्ध गर्दैन । यसले अझ विघटन र विर्सजनतिर लैजान्छ । अहिलेको सन्दर्भमा प्रतिस्पर्धाको नामबाट यो ढंगले जान हामी उपयुक्त हुँदैन।’

उनले पदाधिकारी संख्या र केन्द्रीय समितिको आकार बढाउन आवश्यक देखिएको उल्लेख गर्दै त्यसका लागि विधानमा संशोधन गरेर अघि बढ्न आवश्यक रहेको बताए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *