उँधौली पर्व मनाउँदै किराँत समुदाय

No ads found for this position
No ads found for this position

काठमाडौं । किराँत समुदायले बिहीबार देशभर उँधौली पर्व हर्षोल्लासका मनाउँदैछन् । हरेक वर्ष मङ्सिर पूर्णिमाको दिन यो पर्व मनाउने गरिन्छ ।

अन्नबाली भित्र्याएपछि पुर्खाहरूलाई चढाउने र खुसीयाली मनाउन किराँत समुदायले उँधौली पर्व मनाउने गरेका छन् ।

किराँत राई केन्द्रीय कार्यसमितिका सल्लाहकार मणिककुमार राईले वैशाखको उँधौली पर्वमा अन्नबाली लगाएर आर्सीवाद माग्ने र उँधौली पर्वमा अन्नबाली भित्र्याएर पुर्खाहरूलाई चढाउने गरिएको जानकारी दिए ।

उनकाअनुसार उँधौलीमा भित्र्याइएको नयाँ अन्नबाली पितृलाई चढाई पितृ पूजा गरिनुका साथै अन्नको सह बनोस् भन्ने कामनासहित भूमिको पूजा गरिन्छ । कतिपयले पितृलाई चढाएपछि मात्रै नयाँ अन्नबाली खाने गरेको पनि उनले बताए ।

उनले किराँत कुल घरमा राईको चुल्हा, लिम्बूहरूको सात तल्ले, सुनुवारहरुको चुल्हा र त्रिसुल, याख्याचुम्बाहरुको यावू राखिएको हुने र त्यसलाई पूजा गरी उँधौली उभौली मनाइने गरेको बताए।

किराँत समुदायका मूलतः राई, लिम्बू, सुनुवार र याक्खाहरूले उँधौली पर्व परम्परागत भेसभुसा लगाई सार्वजनिक स्थलमा भेला भएर सामूहिक रूपमा साकेला नृत्य गर्दै विविध कार्यक्रम गर्दै मनाउने गरेका छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *