नयाँ कानुन ल्याऔं, १६ वर्ष पुगेकाले काम गर्न पाउनु पर्यो: वामदेव गौतम (भिडियो)

No ads found for this position
No ads found for this position

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले १६ वर्ष उमेर पुगेको व्यक्तिले काम गर्न पाउने कानुन बनाउनुपर्ने माग गरेका छन् ।

बुधबार सिंहदरबारमा बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले अमेरिकासहितका अन्य देशहरुमा १६ वर्षमा काम गर्न पाउने व्यवस्था रहेको तर नेपालमा १८ वर्ष नै पुग्नुपर्ने व्यवस्था रहेको बताए ।

उनले भने, ‘हाम्रो करिव ६० लाख युवाहरू संसारभर बाँडिएका छन् । उनीहरूले यति पैसा कमायौँ भनेर पैसा पठाउँछन् । उनीहरूको श्रम शक्ति ठुलो संख्याको श्रम शक्तिबाट प्राप्त गर्दछन् । जसले उनीहरूलाई रोजगारी दिन्छ । रोजगारी हामीले भन्छौँ, एउटा ठुलो अवसर हो । यहाँ ल्याइसकेपछि त्यो पैसाको बदलामा कि त काम दिनुपर्छ । ऋणमाथि ऋण थुपारेर सरकारले प्रयोग गर्ने । देश विकास गर्ने हो भने काम गर्न सक्ने व्यक्ति १६ वर्षदेखि काम गर्न सक्छ र कानुन नै बनाउनुपर्छ । कानुनमा १८ वर्ष पुगेपछि काम गर्न पाउने कानुन छ । १६ वर्षमा काम गर्न सक्छन् । अमेरिकामा सक्छ, अरू देशमा सक्छन् । नेपालमा १८ वर्ष लगाउनुपर्छ ? दुई वर्ष काम विहीन हुने । १६ वर्षकोले पनि काम गर्न पाउने कानुन बनाउनुपर्छ ।’

उनले ऋणमाथि ऋण थुपार्ने भन्दा सरकारले रोजगारी दिने वातावरण सिर्जना गर्नुपर्ने बताए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *