एनपीएलमा पाँचौं हारसँगै कर्णाली याक्स बाहिरियो
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा पाँचौं हारसँगै कर्णाली याक्स बाहिरिएको छ ।
मंगलबार भएको आफ्नो खेलमा पोखरा एभेन्जर्ससँग ३४ रनले पराजित हुँदै कर्णाली प्लेअफ दौडबाट बाहिरिएको हो । एनपीएलमा भएको ६ खेलमा एक खेल मात्रै जित निकालेको कर्णाली प्लेअफबाट बाहिरिने पहिलो टोली बनेको छ ।
पाँचौं खेलमा दोस्रो जित निकालेको पोखराले प्लेअफको सम्भावना कायमै राखेको छ । पोखरा एभेन्जर्सले दिएको २०२ रनको लक्ष्य पछ्याएको कर्णाली १९ ओभरमा १६७ रनमा समेटियो ।
कर्णालीका लागि ओपनर मार्क वाटले सर्वाधिक ५९ रन बनाए तर जितका लागि पर्याप्त हुन सकेन ।
पोखराका लागि ओपनर एडम रोसिङटनले शतक प्रहार गरे । एडम ५८ बलमा १०८ रनमा अविजित रहे । जेसोन रोय ४६ र कप्तान कुशल भुर्तेल १८ रनमा आउट भए धनन्जय लक्षन २३ रनमा अविजित रहे । बलिङमा कर्णालीका मार्क वाट र गुल्सन झाले एकएक विकेट लिए ।


