ओलीका नीतिले मुलुकले धेरै कुरा गुमाएको छ: घनश्याम भुसाल

माओवादीलाई जनताले विश्वास गर्न छाडीसके, कांग्रेस दुबिधामा नपरोस्

No ads found for this position
No ads found for this position

काठमाडौं । नेकपा (संयुक्त)का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले कसैले पनि निर्वाचनलाई बिथोल्ने काम गर्न नहुने बताएका छन् ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले आगामी फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनमा कसैले पनि बाधा अवरोध सृजना गर्न नहुने बताए ।

उनले भने,‘चुनावका लागि कसैले पनि यताउता, बाधा, अवरोध नगरुन् । एमालेले पनि नगरोस् । यो मुलुकले कमरेड ओलीका नीतिहरूले मुलुकले धेरै कुरा गुमाएको छ । असाध्यै धेरै अपूरणीय क्षति व्यहोरिसकेको छ कमरेड ओली । अब तपाईंले पनि चुनाव बिथोल्नेतर्फ नलाग्नुस् । कांग्रेसले पनि दुबिधा नराखोस् । माओवादीले जे बोल्दैछ, त्यसलाई विश्वास गर्न मानिसहरूले छोडी सकेका छन् । चुनावको कुरा गरेर यसलाई बिथोल्ने कुरा नगर्नु होला ।’

कार्यवाहक अध्यक्ष भुसालले पुष्पकमल दाहाल नेतृत्वको नेकपालाई आम जनताले विश्वास गर्ने आधार नभएको जिकिर गरे ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *