फ्रान्सलाई उछिन्दै ४ खर्ब ३० अर्बको नोट छाप्ने ठेक्का पायो चीनले

No ads found for this position
No ads found for this position

काठमाडौं । नेपाली नोट छाप्न चिनियाँ कम्पनी चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसन बेइजिङले ठेक्का पाएको छ । ओबर्थर ट्रस्टी एसएएस, फ्रान्सको यो कम्पनीलाई उछिन्दै चाइना कम्पनीले ४ खर्ब ३० अर्ब बराबरको नोट छाप्ने ठेक्का पाएको हो । बोलपत्रमार्फत प्राप्त भएकोमध्ये सबैभन्दा थोरै मूल्य प्रश्ताव गरेकाले कर्पोरेसन बेइजिङलाई नेपाल बैंकले छनौट गरेको हो ।

नेपाल राष्ट्र बैंकले १६.९८५ मिलियन अमेरिकी डलर (अहिलेको विनिमय दर अनुसार २ अर्ब ३९ करोड रुपैयाँ) लागतमा सो बराबरको नोट छाप्न यो कम्पनीलाई जिम्मा दिने निर्णय गरेको हो ।

यसअनुसार १ हजार दरको नोट छाप्न अहिलेको विनिमय दर अनुसार ५ रुपैयाँ ५६ पैसा लाग्ने देखिएको छ । यस अन्तर्गत १ हजार रुपैयाँ दरका ४३ करोड थान नोट छपाई हुनेछ । यसका लागि राष्ट्र बैंकले गत भदौ १० गते बोलपत्र आह्वान गरेको थियो ।

तोकिएको समयमा बोलपत्रमा सहभागी भएका सारभूत रुपमा प्रभावग्राही बोलपत्रदाता मध्येबाट उक्त छनोट गरिएको बैंकले जनाएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *