अमेरिकाले १९ देशका नागरिकलाई जारी गरेको ‘ग्रिन कार्ड’को पुनःजाँच गर्ने

No ads found for this position
No ads found for this position

काठमाडौं । वाशिङ्टन डीसीमा दुई नेशनल गार्डमाथि भएको गोलीकाण्ड पछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १९ वटा मुलुकका नागरिकलाई प्रदान गरिएका सबै ग्रिन कार्ड (स्थायी बसोबास अनुमति)को कडारुपमा पुनःजाँच सुरु गर्न कडा निर्देशन जारी गरेका छन्।

युएस सिटिजनसिप एन्ड इमिग्रेसन सर्भिसेज का निर्देशक जो एड्लोले बिहीबार ‘एक्स’मार्फत यो कदमको घोषणा गर्दै राष्ट्रपति ट्रम्पको निर्देशनअनुसार चिन्ताजनक देशका सबै विदेशी नागरिकलाई जारी भएका हरेक ग्रिन कार्डको पूर्ण र कठोर रुपमा पुनःजाँच सुरु गरिने छ।

यी १९ देशहरूमा अफगानिस्तान, बर्मा, चाड, कंगो गणतन्त्र, इक्वेटोरियल गिनी, एरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान, यमन, बुरुन्डी, क्युबा, लाओस, सेरा लिओन, टोगो लगायतका मुलुकहरू समावेश छन्।

गोलीकाण्डका आरोपितको पहिचान अफगान नागरिक रहमानुल्लाह लाकनवालका रूपमा भएपछि ट्रम्प प्रशासनले आप्रवासनमा कठोरता अपनाउँने निर्णय गरेको हो। युएससिआइएसको निरीक्षण गर्ने गृह सुरक्षा मन्त्रालय (डिएचएस) ले बिहीबार एक विज्ञप्ति जारी गर्दै पूर्वराष्ट्रपति जो बाइडेनको कार्यकालमा स्वीकृत भएका सबै आश्रय केसहरूको पनि समीक्षा भइरहेको जनाएको छ।

गोलीकाण्डका आरोपित लाकनवालले अफगानिस्तानमा अमेरिकी सरकार र सीआईएसँग काम गरेका थिए।

ग्रिन कार्ड धारकलाई अमेरिकाको कानूनी स्थायी बासिन्दाको दर्जा दिन्छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *