पूर्वसभामुख महरालाई २० लाख धरौटीमा छाड्न उच्च अदालतको आदेश
No ads found for this position
No ads found for this position
काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरालाई २० लाख धरौटीमा छाड्न उच्च अदालत पाटनले आदेश दिएको छ । न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्माको संयुक्त इजलासले उनीसँग धरौटी मागेको हो ।
भेपको बट्टाभित्र ९ किलो सुन तस्करी प्रकरणको आरोपमा महरालाई सीआईबीले पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो । उनलाई काठमाडौं जिल्ला अदालतले असोज २९ गते पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।
प्रतिक्रिया


