बलिउडका ‘ही-म्यान’ नामले चिनिने अभिनेता धर्मेन्द्रको निधन

No ads found for this position
No ads found for this position

काठमाडौं। बलिउडका ‘ही-म्यान’का नामले चिनिने अभिनेता धर्मेन्द्रको ८९ वर्सको उमेरमा निधन भएको छ। धर्मेन्द्रको नोभेम्बर २४ सोमबार निधन भएको न्युज एजेन्सी आइएएनएसले जानकारी दिएको छ।

उनलाई श्वासप्रश्वासमा समस्या आएपछि सोमबार मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो। उनको अवस्था स्थिर नभएपछि भेन्टिलेटरमा राखिएको थियो।

ड्रामा, एक्सन र जोडदार संवादका कारण पनि लोकप्रिय धर्मेन्द्र भारतको पञ्जाबमा ८ डिसेम्बर १९३५मा जन्मिएका थिए। उनको बास्तविक नाम धरम सिंह देओल हो। उनलाई श्रद्धाञ्जली दिन बलिउडका दिग्गज कलाकार अमिताभ बच्चन, आमिर खान लगायत पुगेका छन्।

एक्टिङ करिअरमा उनले थुप्रै कालजयी फिल्म दिएका छन्। फिल्म ‘शोले’ ‘चुपके चुपके’ ‘हकीकत’, ‘यादोकी बारात’ र ‘सीता और गीता’ जस्ता फिल्म खेलेको धर्मेन्द्रलाई दर्शकले आज पनि बिर्सिएका छैनन् ।

धर्मेन्द्रले आफ्नो फिल्मी करियरमा १०० भन्दा बढी चलचित्रमा काम गरेका थिए। धर्मेन्द्रको फिल्म यात्रा भने सन् १९६०मा हिंगोरानीको फिल्म ‘दिन भी तेरा हम भी तेरो’ बाट सुरु गरेका थिए।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *