शैक्षिक भ्रमणमा गएको बस दुर्घटना, ११ जना विद्यार्थी घाइते

No ads found for this position
No ads found for this position

काठमाडौं । दाङबाट शैक्षिक भ्रमण गएको बस दुर्घटना हुँदा ११ जना विद्यार्थी घाइते भएका छन । शुक्रबार बिहान विद्यार्थी लिएर दाङबाट आएको ना. ५ ख. १०८९ नम्बरको बस तानसेन नगरपालिका वडा नं. १३ बैकुण्ठे भिरनजिकै दुर्घटना भएको हो ।

बस अचानक अनियन्त्रित भइ सडकको भित्तामा ठोकिन जाँदा दुर्घटना भएको प्रहरीले बताएको छ । साधारण नमुना मावि राजपुर दाङका विद्यार्थी पाल्पाको रानीमहल भ्रमणका लागि आएका थिए ।

घाइतेहरूको उद्दार गरी उपचारका लागि तानसेनस्थित युनायटेड मिसन अस्पताल ठाइएको छ । उनीहरूको अवस्था सामन्य रहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *