विपद्मा खटिएका सशस्त्र प्रहरीको मृत्यु भए १ तह बढुवासहित पेन्सन दिइने
No ads found for this position
No ads found for this position
काठमाडौं । विपद् उद्दारमा खटिएका सशस्त्र प्रहरी कर्मचारीको मृत्यु भएमा एक तह बढुवासहित उनको परिवारले निवृत्तिभरण (पेन्सन) पाउने भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निणय गरेको हो ।
सशस्त्र प्रहरी नियमावलीको चौथो संशोधन गरेसँगै यो व्यवस्था सुरु भएको हो। यसअघि सशस्त्रको नियमावलीमो नियम ७६ को उपनियम २ मा कुनै प्रकारको मुठभेड वा आक्रमण वा बिस्फोट तथा हतियारधारी समूह वा त्यस्तै अन्य समूहविरुद्धको कारबाहीमा तत्काल वा सोही कारणले मृत्यु भएमा मात्रै यस्तो सुविधान दिने उल्लेख थियो।
अबदेखि योसँगै विपद्मा खटिएका बेला मृत्यु भए बढुवासहित उनको परिवारले निवृत्तीभरण पाउने भएका हुन् ।
प्रतिक्रिया


