राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री
No ads found for this position
No ads found for this position
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारका प्राथमिकताबारे बुधबार विभिन्न राजनीतिक दलसँग छलफल गर्ने भएकि छिन् ।
छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ४ बजे हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा निर्वाचन आयोगमा दर्ता भएका सबै दललाई बोलाइएको बताइएको छ । दलहरुलाई सरकारले अहिलेसम्म गरेका काम कारबाहीबारे जानकारी दिइने भएको छ ।
गत भदौ २७ गते प्रधानमन्त्री कार्कीको नेतृत्वमा गठित अन्तरिम सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नेतर्फ आफूलाई केन्द्रीत गरेको छ ।
प्रतिक्रिया


