मधेसका मुख्यमन्त्रीविरुद्ध ९ औं दिन पनि ७ दलको विरोध कायमै

No ads found for this position
No ads found for this position

जनकपुरधाम । सर्वोच्च अदालतको फैसलाको पर्खाइमा रहेको ७ राजनीतिक दलले मधेसका मुख्यमन्त्री नियुक्तिको विरोधमा ९ औं दिन पनि आन्दोलनको कार्यक्रमलाई जारी राखेका छन् ।

मधेस सरकार गठनसम्बन्धी विवादलाई लिएर दर्ता भएको रिटको सुनुवाइ आज न्यायाधीश नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासमा हुँदैछ । यता ७ दलले मंगलवार ९ औं दिन पनि जनकपुरधाममा धर्ना कार्यक्रमलाई जारी राखेका छन् ।

धर्नामा बसेका जनता समाजवादी पार्टी, नेपालका प्रमुख सचेतक रामअशिष यादवले एमालेकै कारण देश अहिले राजनीतिक संकटमा फसेको र मधेसमा पनि एमाले नेतृत्वकै इसारामा अस्थिरता निम्तिएको आरोप लगाए । उनले आफूहरु मधेसमा राजनीतिक अस्थिरताको अन्त्य होस भन्ने उद्देश्यका साथ आन्दोलनका कार्यक्रमहरु ९औं दिनपनि जारी राखेको बताए ।

मधेसमा एमालेको नेतृत्वमा गठन भएको सरकार संवैधानिक नरहेको र सभामुख रामचन्द्र मण्डलले दलीय अनुकूलको आचरण नगरेको भन्दै ७ दलले मधेशमा आन्दोलन थालेको हो । नवौं दिन मधेस प्रदेश सरकारको मुख्यालय रहेको मधेस भवनको मुख्य ढोकामा नै ७ सात दलका नेता तथा कार्यकर्ता धर्नामा बसेका छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *