६ लाख २० हजार मतदाता थपिए, मंसिर ५ गतेसम्म नाम दर्ता गर्न पाइने
No ads found for this position
No ads found for this position
काठमाडौं । आगामी फागुन २१ गते हुने चुनावको लागि सोमबार रातिसम्म ६ लाख २० हजार मतदाता थपिएको निर्वाचन आयोगले जनाएको छ।
आयोगका अनुसार निर्वाचन आयोगको नियमित सर्भरबाट ३ लाख ११ हजार ४१४ जना र राष्ट्रिय परिचयपत्रको आधारमा नयाँ थपिएका मतदाताको संख्या ३ लाख ८ हजार ५८५ जना छन् ।
कात्तिक ३० गतेसम्म मात्रै नयाँ मतदाताका लागि नाम दर्ताको समय दिइएको थियो तर पछि म्याद थपेर यही मंसिर ५ गतेसम्म नाम दर्ताको समय तोकिएको छ । फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी मतदाता नामावली संकलन जारी राखिएको आयोगले जनाएको छ।

प्रतिक्रिया


