संसद पुनर्स्थापना भए पनि ओली प्रधानमन्त्री नहुने ग्यारेन्टी दिन एमाले तयार छ : खगराज

No ads found for this position
No ads found for this position

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य खगराज अधिकारीले वर्तमान सरकारले चुनाव गराउने कुनै आधार नभएको बताएका छन्।

उनले जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरुसंग कुरा गर्दै संविधानको उलंघन गर्दै बनेको सरकारले मुलुकमा भयरहित वातावरणको सिर्जना गर्न नसकेकोले चुनाव हुने सम्भावना नरहेको बताए।

जेनजी आन्दोलनको क्रममा अपराधीहरू जेलबाट फरार भएको र हतियार लुटिएको अवस्थामा मुलुकमा अहिले पनि भयको वातावरण रहेको धारणा राखे।

अधिकारीले प्रतिनिधिसभा पुनर्स्थापना गरेर संविधान संशोधन गरी प्रतिनिधिसभामा प्रतिनिधित्व नगरेको व्यक्ति पनि छोटो समयका लागि प्रधानमन्त्री बन्न सक्ने प्रावधान ल्याएर निष्पक्ष सरकार निर्माण गर्नुपर्ने बताए।

प्रतिनिधिसभा पुनर्स्थापना भए तत्कालका लागि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नबन्ने ग्यारेण्टी दिन एमाले तयार रहेको उनको भनाइ छ।

पार्टी बलियो बनाउन अझै ओलीकै नेतृत्व आवश्यक रहेको बताउँदै अधिकारीले आउने महाधिवेशनबाट ओली सर्वसम्मत अध्यक्ष बन्ने दाबी गरे। अधिकारीले संघीयतालाई बलियो बनाउन मधेश प्रदेशमा देखिएका समस्या अन्त्य गर्दै दलहरु एकताबद्ध हुनुपर्ने सुझाव दिए।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *