सुशीला कार्की नेतृत्वको सरकारलाई निर्वाचन गराउने अधिकार छैनः ओली
No ads found for this position
No ads found for this position
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको अहिलेको अन्तरिम सरकारलाई निर्वाचन गराउने अधिकार नरहेको बताएका छन्।
आइतबार गुण्डुस्थित निवासमा प्रेस चौतारीका प्रतिनिधिहरुसँगको भेटघाटका क्रममा अध्यक्ष ओलीले यो सरकार असंवैधानिक रहेकोले निर्वाचन गराउने अधिकार नरहेको बताए।
उनले देशको सबैभन्दा ठूलो पार्टी एमाले निर्वाचनबाट कहिल्यै नभाग्ने पनि स्पष्ट पारे। अहिलेको समयमा हतियार लुटिएको छ,धेरै कैदीबन्दीहरु फरार छन् यस्तो समयमा निर्वाचन हुन नसक्ने उनले बताए।
प्रतिक्रिया
