निर्वाचन आयोगमा दर्ता भए १२२ दल, ७ खारेज, २८ प्रक्रियामै

No ads found for this position
No ads found for this position

काठमाडौं । आगामी फागुन २१ गतेको निर्वाचनका लागि हालसम्म १२२ वटा राजनीतिक दल दर्ता भएका छन् ।

आयोगले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै निर्वाचन घोषणाका दिन १२२ दल दर्ता थिए। अहिले पनि सोही संख्यामा दल दर्ता कायम रहेको जनाएको छ। आयोगका अनुसार यस अवधिमा ७ वटा दल खारेज भएका छन् भने ७ वटा नयाँ दलले प्रमाणपत्र पाएका छन्।

खारेज भएकाहरुमध्ये एउटा राजनीतिक दललाई सर्वोच्चले खारेज गर्न आदेश दिएअनुसार र बाँकी ६ दलहरु नेतृत्वको आग्रहमा खारेज गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए। उनले हाल २८ वटा दल दर्ता प्रक्रियामा रहेको बताए।

भट्टराईले २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनको लागि नयाँ दल दर्ता गर्ने आज अन्तिम दिन भए पनि दल दर्ता प्रक्रिया नियमित चलिरहने बताए।

उनले प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनमा सहभागी हुने प्रयोजनको अवधिभित्र दल दर्ता प्रमाण पत्र पाएका दलहरुले निर्वाचनमा सहभागी हुन पाउने पनि बताए।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *