दुर्गा प्रसाईंको दल निर्वाचन आयोगमा दर्ता
No ads found for this position
No ads found for this position
काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाई संरक्षक रहने गरी नागरिक बचाउ दल नेपाल आइतबार निर्वाचन आयोगमा दर्ता भएको छ।
महाअभियानका सभापति माधव खतिवडा (कल्पित) को नेतृत्वमा दल दर्ता भएको हो। यो पार्टीको चुनाव चिह्न दुई पाइला रहेको छ।
कल्पितका अनुसार पार्टीमा अहिले २९ जना केन्द्रीय सदस्य छन्। यो दल दुर्गा प्रसाईंको विचार, लक्ष्य र उद्देश्य प्राप्तिका लागि वहाँ संरक्षक रहेको उनले बताए ।
प्रतिक्रिया
