रास्वपा परित्याग गरेका सन्तोष परियार जनार्दन शर्माको टिममा जोडिए

No ads found for this position
No ads found for this position

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता सन्तोष परियारले पार्टी परित्याग गरेका छन्। रास्वपा परित्याग गरेका परियार माओवादी केन्द्रका नेता जनार्दन शर्माको टिमसँग जोडिएका छन् ।

माओवादी केन्द्र विघटनपछि जनार्दनले नयाँ टिम बनाउँदैछन् । उक्त टिममा पिरयारलाई पनि समाबेस गरि दत दर्ताको तयारी गरिएको छ । नयाँ दलमा परियारलाई महत्त्वपूर्ण जिम्मेवारी दिइने स्रोतले बताएको छ ।

जनार्दनको टिममा माओवादीका सुदन किराँती, राम कार्की, मदन भट्टराई, मदन लिम्बु, संझना राई, पुजन सिंह, अरविन्द यादव, लक्ष्मि गुरुङ लगायत नेताहरू छन् ।

परियारले आफ्नो राजीनामा पत्रमा पार्टीप्रति कुनै असन्तुष्टि पोखेका छैनन् ।

परियारले आफूले पार्टी र देशका हितका लागि इमानदार रूपमा काम गरे पनि पार्टीभित्र आवश्यक विचार बहसलाई स्थापित गर्न नसकेकोमा आत्मसमीक्षा गर्दै कमजोरी स्वीकार गरेका छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *