मधेशमा ५ प्रदेशसभा सदस्यलाई पदमुक्त गरिएको निर्णय बदर

No ads found for this position
No ads found for this position

काठमाडौं । मधेश प्रदेशका ५ जना प्रदेशसभा सदस्यलाई पदमुक्त गरिएको निर्णय बदर भएको छ ।

सभामुख रामचन्द्र मण्डलले पदमुक्त गरेका ५ सदस्यलाई उपसभामुख बबिता कुमारी राउत ईशरले पदमुक्त गरिएको निर्णय बदर गरेकि हुन् ।

बिहीबार मण्डलेले जसपा नेपालका ४ र जनमत पार्टीका १ सांसदलाई लगातार १० वटा बैठकमा उपस्थित नभएको भन्दै सांसद पदबाट हटाउने निर्णय गरेका थिए ।

उता उपसभामुख ईशरद्वारा विज्ञप्तिमा सभामुखले गर्नुभएको उक्त कारबाही प्रतिशोधपूर्ण रहेको उल्लेख छ । साथै कारबाहीमा परेका ५ सांसद कात्तिक २२ गतेको बैठकमा उपस्थित रहेको प्रष्ट पारेकि छिन् ।

उपसभामुखद्वारा जारी विज्ञप्तिमा भनिएको छ- ‘मधेश प्रदेशसभा सचिवालयको मिति २०८२/७/२७ गते ५ जना प्रदेश सभा सदस्यहरुको पदरिक्तसम्बन्धी सूचना सभामुखले आफुमाथि यही कात्तिक २७ गते बिहिबार प्रदेशसभा कार्य सञ्चालन नियमावली २०७५को नियम १८० को उपनियम २(क) बमोजिम सभामुखविरुद्ध पद अनुकूल आचरण नगरेको भन्ने प्रस्ताव उपसभामुख समक्ष पेश गरिनुपर्ने व्यवस्था भएबमोजिम प्रस्ताव पेश भइसकेको र सो को उपनियम ३ बमोजिम छलफलको लागि मिति समय तय हुन बाँकी रहेको अवस्थामा प्रस्तावको प्रतिशोध स्वरुप आवेगमा गरेको निर्णय हो ।’

सभामुख रामचन्द्र मण्डलले पदमुक्त गरेकाहरु सर्लाहीका नागरिक उनमुक्ति पार्टीका प्रदेशसभा सदस्य उर्मिला देवी सिंह , सप्तरीका जसपा नेपालका प्रदेशसभा सदस्य मनिष कुमार सुमन, सर्लाहीका प्रदेशसभा सदस्य संजयकुमार यादव, सर्लाहीका सिंहासन सा कलवार र बाराका प्रदेशसभा सदस्य सारदा शंकरप्रसाद कलवार थिए ।

यो पनि पढ्नुस्-

मधेशका ५ प्रदेशसभा सदस्य पदमुक्त



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *