एनपीएलको टिकट बुकिङ खुला, विशेष पासको मूल्य १५ हजार
काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले मङ्सिर १ गतेदेखि २७ गतेसम्म त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान, कीर्तिपुरमा हुने प्रतियोगिताका लागि दर्शकका लागि टिकट बुकिङ खुला गरेको छ ।
क्यानले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि टिकट बिक्री औपचारिक रूपमा सुरु गरेको हो।
क्यानका अनुसार ओपनिङ डे र शनिबारका खेलका लागि जनरल टिकटको मूल्य रु ५०० र प्रिमियम टिकटको मूल्य रु १,५०० तोकिएको छ। त्यस्तै, साप्ताहिक दिनमा हुने खेल हेर्न जनरल टिकट रु ५०० र प्रिमियम टिकट रु १,००० पर्ने छ।
यसबाहेकका सबै खेल हेर्न चाहने दर्शकका लागि विशेष सिजन पासको व्यवस्था गरिएको र जसको मूल्य रु १५,००० तोकिएको क्यानले जनाएको छ। उक्त पासमार्फत प्रतियोगिताका सबै खेल हेर्न सकिनेछ।
टिकट बिक्रीका लागि ‘खल्ती बाइ आईएमई’ लाई अधिकृत साझेदार बनाइएको छ ।
